भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँचदिने भ्रमणको लागि नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् ।

प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनी मंसिर ५ गते ९ गतेसम्म नेपाल भ्रमणको कार्यक्रम तय भएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हे।क्वा।को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मिति मंसिर ६ गते एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *