पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लग्न लागिएको हो ।
उनलाई बिहान ५ बजे नै पोखरा विमानस्थल पुर्याइएको थियो । सूर्यदर्शन सहकारीमा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
बुद्ध एयरको जहाजमार्फत ७ बजे भैरहवा प्रस्थान गर्ने भनिएपनि भैरहवाको मौसमका कारण ढिलाइ भएको छ ।
भैरहवा विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।
भिजिबिलिटी कम्तीमा १ हजार ८ सय हुनुपर्नेमा अहिले ८ सय रहेको विमानस्थलले जनाएको छ ।

Leave a Reply