काठमाडौं । नेकपा एमालेले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई सघाउने जनाएको छ ।
आज बसेको सचिवालय बैठकले प्रदेश कमिटीले पार्टीबाट निलम्बन गर्न पठाएको सिफारिस अनुमोदन गर्दै छानबिनलाई सहयोग गर्ने निणय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने, ‘उहाँमाथि गम्भीर प्रश्न उठेको कानूनी निरुपण नभएसम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उहाँमाथि लागेको आरोपमा तथ्यपरक वस्तुनिष्ठ, गम्भीर छानबिन राज्यका निकायले गरुन्, त्यहाँ पार्टीको तर्फबाट सहयोग हुन्छ ।’

Leave a Reply