कांग्रेस युवाहरुको मेची-महाकाली संकल्पयात्रा : सहकारीदेखि गिरीबन्धु टीस्टेटसम्मका मुद्दा उठाउने

काठमाडौं । नेपाली कांग्रेस युवाहरुले मेची-महाकाली ‘युवा संकल्पयात्रा सुरु गरेका छन् । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा झापाको काँकडभिट्टाबाट सुरु गरेका हुन् ।

युवा संकल्प यात्रामा क्रममा उनीहरुले सहकारीको मुद्दालाई पनि प्राथमिकताका साथ उठाइरहेका छन् । संकल्प यात्राका क्रममा बोल्दै नेता शाही सहकारी प्रकरणमा दोषी देखिएजति सबैलाई कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘गल्ती नगर्नेहरुलाई जेल हाल्न जरुरी छैन । सर्वसाधारण जनताले दुःख गरेर खाइ नखाइ जम्मा गरेको पैसा ब्रह्मलुट गरेर गाडि घर किन्नेहरुलाई बचाउन सकिँदैन जो भएपनि जेल जान्छन् । यसमा आग्रह र पूर्वाग्रह भन्ने हुँदैन । हामी सरकारलाई आग्रह गर्दछौं, सहकारी बचत दुरूपयोग गर्ने जुनसुकै पार्टी भए पनि कारबाही गरिनुपर्छ ।’

सहकारी पीडितको रकम फिर्ता गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गरे ।

उनले सहकारी ठगीमा संलग्नलाई मात्रै नभइ वाइडबडी, गिरीबन्धु टी–स्टेट, एनसेल काण्डको पनि छानबिन सुरु गर्न सरकारसँग माग गरे। महँगीको कारण जनता समस्यामा परेको भन्दै मूल्यवृद्धि नियन्त्रणमा गर्नतर्फ पनि सरकारको ध्यानकर्षण गराए ।

यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही–वीरेन्द्रनगर–कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर सकिनेछ ।

 

 

Comments

2 responses to “कांग्रेस युवाहरुको मेची-महाकाली संकल्पयात्रा : सहकारीदेखि गिरीबन्धु टीस्टेटसम्मका मुद्दा उठाउने”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा भ्रष्ट नेता र कार्यकर्ता काँग्रेसका छन् नेपालमा । यस्ता भ्रष्टका कथित युवा अभियानमा ? लाज मान हो अलिकति हिडन पनि ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    ए क्षत्री-ब्रामण कुलमा जन्मेका युवाहरू हो!! बेकारमा हाम्रो सनातन परम्परा बिरोधी, आयातित समाजबादी र मार्क्सबादी सिद्दान्त बोक्न छोड। सनातन परम्परा सापेक्ष , त्यसमा आधारीत राजनैतिक-आर्थिक सिद्दान्त निर्माण गरेर देशलाइ नैतिक रूपमा अगाडी लग। मार्क्सबाद समाजबादमा नैतिकता भन्ने चिज छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *