सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना, दर्जनौं घाइते

सुर्खेत । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटनामा परेको छ ।

दैलेख बजारबाट सुर्खेततर्फ आइरहेको गाडी सडकबाट करिब २ सय मिटर तल भिरमा खस्दा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घटनास्थलमा १३ जना यात्रुलाई घाइते अवस्थामा उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ। गाडीमा ३० देखि ३५ यात्रु रहेको अनुमान गरिएको छ, र अन्य यात्रुको उद्धार कार्य जारी छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *