आईपीएल : ‘ट्रफी विनिङ क्याप्टेन’ श्रेयस कोलकताबाट रिलिज, कुन क्लबमा को-को भए रिटेन ? सूची

हेटौँडा । इन्डियन प्रिमियर लिग (आईपीएल)को डिफेन्डिङ च्याम्पियन कोलकता नाईट राइडर्सले सन् २०२४ को ट्रफी विनिङ क्याप्टेन श्रेयस ऐयरलाई रिलिज गरेको छ । छ जना खेलाडीलाई रिटेन गर्न पाउने सुविधा रहँदा पनि कोलकताले कप्तान ऐयरलाई रिटेन नगरेको हो ।

कोलकताले रिंकु सिंह, वरुण चक्रवर्ती, हर्षित राना र रमनदिप सिंहलाई घरेलु खेलाडी र सुनिल नारायण र आन्द्रे रसेललाई अन्तर्राष्ट्रिय खेलाडीको रूपमा रिटेन गरेको छ । अघिल्लो सिजन ५५ लाख भारतीय रुपैयाँमा कोलकातामा खेलेका सिंहलाई यो पटक १३ करोड रुपैयाँमा रिटेन गरेको हो । त्यस्तै चक्रवर्ती, नारायण र रसेल १२–१२ करोडमा रिटेन हुँदा राना र रमनदिप ४–४ करोडमा रिटेन भए ।

आईपीएलको आगामी सिजनको लागि रिटेन हुनेमा सबैभन्दा महँगो खेलाडी सनराईजर्सका हेनरिक क्लासेन भएका छन् ।

गत वर्षको आईपीएलको सबैभन्दा महँगो खेलाडीको रूपमा रहेका मिचेल स्ट्राकलाई कोलकाताले रिलिज गरिदिएको छ । दोस्रो महँगो खेलाडीको रूपमा रहेका प्याट कमिन्सलाई सनराईजर्सले ४ करोड घटाएर टिममा नै राखेको छ । उनी सनराईजर्सका क्याप्टेन समेत हुन् ।

यस्तो छ यो पटकको रिटेन भएका खेलाडीहरूको सूचि

कोलकाता नाइटराईडर्स

रिंकु सिंह (१३ करोड) वरुण चक्रवर्ती (१२ करोड), आन्द्रे रसेल (१२ करोड) ,सुनिल नारायण (१२ करोड) रमनदिपसिंह (४ करोड), हर्षित राना (४ करोड)

मुम्बई इन्डियन्स

जसप्रित बुम्रहा (१८ करोड), हार्दिक पाण्डेय (१६.३५ करोड), रोहित शर्मा (१६.३० करोड), सूर्यकुमार यादव (१६.३५ करोड तिलक वर्मा (८ करोड)

लखनउ सुपर जायन्टस्

निकोलस पुनण (२१ करोड) रवि विश्नोवी (११ करोड), मयंक यादव (११ करोड), मोसिन खान (४ करोड), आयुष बधोनी (४ करोड)

गुजरात टाईटन्स

रासिद खान (१८ करोड),शुभमन गिल (१६.५० करोड), साई सुदर्शन (८.५० करोड), राहुल तेवतीया (४ करोड), साहरुख खान (४ करोड)

दिल्ली क्यापिटल

अक्षर पटेल (१६.५० करोड), कुलदीप यादव (१३.२५ करोड) ट्रिष्टन स्टाब्स (१० करोड) अभिशेष पोरेल (४ करोड)

चेन्नाई सुपर किङ्ग्स

रवीन्द्र जडेजा (१८ करोड), ऋतुराज गाइकोड (१८ करोड) ,माथिसा पथिराना (१३ करोड) शिवम दुबे (१२ करोड), महेन्द्रसिंह धोनी (४ करोड)

पञ्जाव सुपर किंग

सशांक सिंह (५.५०) करोड, प्रभाषसिमरन सिंह (४ करोड)

राजास्थान रोयल्स

सन्जु साईमन्स (१८ करोड) तेजस्वी जसवाल (१८ करोड), रियान पराग (१४ करोड), ध्रुव जुरेल (१४ करोड), सिम्रन हेटमायर (११ करोड) सन्दीप शर्मा (४ करोड)

रोयल च्यालेन्जर ब्याङलुरु

विराट कोहली (२१ करोड) ,रजत पाटीदार (११ करोड),यश दयाल (५ करोड)

सनराईजर्स हैदरावाद

हेनरिक क्लासेन (२३ करोड), प्याट कमिन्स (१८ करोड), अभिशेक शर्मा (१४ करोड) ,ट्राईभेस हेड (१४ करोड) नितेश रेड्डी (६ करोड)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *