एमाले चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नगर पार्टी कार्यालय उट्घाटन गरिएको छ । एमाले नगर कमिटीले आफ्नो कार्यालय उट्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेकाे हाे ।

चन्द्रागिरि नगरपालिकाको भवन नजिकै रहेको भेहिकल एकेडेमीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य, सांसद एवं पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ, केन्द्रीय सदस्य अजय क्रान्ति शाक्य, जिल्ला सदस्य अनन्त पोखरेल, पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, पूर्व बागमती सभा सदस्य बेलिमाया घले, चन्द्रागिरि नगर पार्टी काङ्ग्रेसका कार्यवाहक सभापति राजेन्द्र बानियाँ, एकीकृत समाजवादीका प्रल्हाद कार्की, माओवादी, राजमो लगायत पार्टीका प्रतिनिधि तथा एमाले पार्टीका विभिन्न तहका नेता कार्यकर्ता लगायतको उपस्थिति थियो ।

एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले नयाँ कार्यालय भवन स्थान्तरण सम्बन्धमा पार्टीको केन्द्रीय निर्णय, निर्देशन अनुसार नै गरिएको साथै चन्द्रागिरि नगरपालिकाका १५ वटै वडालाई पायक पर्ने स्थानका रूपमा आज उद्घाटन गरिएको स्थान र भवन चयन गरिएको बताए ।

साथै, नयाँ कार्यालयमा डिजिटल डेक्स, सूचना प्रविधिसहितका पुस्तकालय र नियमित प्रशिक्षिण कक्षा कोठाहरु रहने समेत अध्यक्ष राउतले जानकारी दिए ।

उक्त कार्यक्रममा विभिन्न बाजागाजाको प्रस्तुति रहेको थियो भने चियापान तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Comments

One response to “एमाले चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन”

  1. Laleek Avatar
    Laleek

    हार्दिक बधाई तथा शुभकामना छ साथै नेपाल संवत् ११४५ न्हुँदंया लसताय भिंतुना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *