काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ ।
दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ ।
दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् । सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ ।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।


Leave a Reply