सरकारलाई रास्वपाको चुनौती- ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिनसक्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्ने दाबी गरेका छन्।

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले बुझाएको प्रतिवेदन सरकारले बेवास्ता गरेपछि सडकमा आएको बताए।

उनले भने, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ। सदनमा कुरा उठायौँ। सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’

उनले आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने र प्रमाण नष्ट गर्न नसक्ने भएकाले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर पनि अनुसन्धान गर्न माग गरेको बताए।

उनले अगाडि भने, ‘विधिको शासन कायम हुनुहुन्छ, नेपालको कानूनले प्रमाण नष्ट गर्ने, भागेर नजाने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर भनेकै छ। यो संविधानमा लेखिएको कुरा हो। यो रवि लामिछाने एउटा नजिर हुनसक्छ। हामी रवि लामिछाने एउटा व्यक्तिको पछि लागेका छैनौं। यो त एउटा अभियान हो। आफैँमा आन्दोलन हो। यो जनताको आशा हो।’

Comments

One response to “सरकारलाई रास्वपाको चुनौती- ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिनसक्छौं”

  1. Kabiraj Avatar
    Kabiraj

    ९० दिनमा सहकारीकाे अपचलन भएकाे पैसा फिर्ता गर्न सक्नेले ६ महिनाचाहिँ के हेरेर बस्नुभाे त अर्याल ज्यु ? गफले खाने दिन गए अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *