समाजवादबारे दलहरुबीच एकरुपता नहुँदा अस्थिरता बढ्यो: सांसद सापकोटा

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधानमा लिखित समाजवादको बुझाइमा एकरुपता नहुँदा देशमा अस्थिरता देखिएको बताएका छन्।

माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै दलका नेताहरूबिच समाजवादमा पुग्ने बाटो बारेको बुझाइमा परेको फरकले अस्थिरता कायम रहेको बताए।

उनले भने, ‘माओवादीले सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर समाजवादको बाटोमा जान चाहेको तर कांग्रेस एमालेको बुझाइ फरक छ। कांग्रेस पूँजीवादमा केन्द्रित रहेको छ भने एमालेसँग व्यवहार मिलेको छैन।’

स्थिरताका लागि दलहरूले समाजवादबारे खुलेर बहस गर्न आवश्यक रहेको बताए। सुशासन र आर्थिक समृद्धिले समाजवादमा पुग्न सम्भव हुने उनले बताए।

नेपालको संविधान २०७२ को प्रस्तावनामा जनताको प्रतिस्पधात्मक वहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबादप्रति प्रतिबद्धरही समृद्ध राष्ट्र निर्माण गर्नुपर्ने रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *