काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६७ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबारको भन्दा १५ रूपैयाँ बढेको चाँदी २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply