राजनीतिक प्रतिशोध त्यागेर रवि लामिछानेको रिहाइ गर्न सरकारसँग रास्वपाको माग, आन्दोलन जारी राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई रिहाइको माग गरेको छ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने राख्ने निर्णय पनि गरेको उनले बताए।

बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने गरेको छ।

प्रवक्ता झाले भने, ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिनेछ।’

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने पनि निर्णय गरेको छ। यस्तै, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन बैठकले दिएको उनले बताए।

Comments

2 responses to “राजनीतिक प्रतिशोध त्यागेर रवि लामिछानेको रिहाइ गर्न सरकारसँग रास्वपाको माग, आन्दोलन जारी राख्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    अदालत मार्फत क्लिन चिट लिने कामलाई प्राथमिकता देउ । विरोध काँग्रेसको गर । काँग्रेस भित्रका चोरहरूको ताकेर विरोध गर । ओलिको विरोध गर्नुको तुक छैन । ओलिले तिमीहरूलाई माया नै गर्छन किनकी देशको लागि तिमीहरू अन्यभन्दा स्वाभिमानी छौ । समितिले छानबिन गर्नुपर्ने भनेकोले मात्र हो । यहि हुन्छ भनेर ओलिले समिति नै गठन नगरौं भनेको हो । प्रचण्डले पनि तिमीलाई समिति बनाउने भनेर फसाएका हुन् किनकी तिमीहरू स्वाभिमानी छौ अनि दिल्लीका दलालले फसाउने नै भए ।

  2. हरि बहादुर पाण्डे Avatar
    हरि बहादुर पाण्डे

    केपि ओलिले नै २/२ चाेटि उपप्रधानमन्त्री बनाएको कुरा नभुला ।प्रचण्डले त मानेको थिएन । बिग्रेको प्रचण्डेको पछि लागेर हो । जब कांग्रेस र एमालेको सरकार बन्दै थियो तेस बेला रबिले कांग्रेस एमालेको सरकारलाई निस्वार्थ बिश्वासको मत दिनु पर्थो कुरा तेहि वाट बिग्रेको हो । प्रचण्डेको पछि लागेर केपि ओलिको बिरोध गर्न थाल्यो । तेसै कारण राज्नितीमा सोच बिचार गरेर निणय गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *