विष्णु रिजालको टिप्पणी- आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला आज काठमाडौंमा गरेको प्रर्दशनले देखिएकोे टिप्पणी गरेका छन्।

आज माओवादीले सरकारविरुद्ध खवरदारी सभा गर्नुअघि लिकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको बताए।

उनले माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चितकालीन आमहडतालु पनि देखिएकै भोगिएको स्मरण गरेका छन्।

उनले भनेका छन्, ुशहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धुको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।ु

Comments

3 responses to “विष्णु रिजालको टिप्पणी- आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो”

  1. ksp pyl Avatar
    ksp pyl

    मैले पनि त्यहि भनेको । प्रचण्ड र उनका आसेपासे मात्र छन् । जनता छैनन ।

  2. GN Avatar
    GN

    जनसागर देखेर डराएका डरछेरुवाहरुकाे रुवावासीमात्र हाे ।

    1. ksp pyl Avatar
      ksp pyl

      प्रचण्ड सहित जम्मै नेतृत्व, प्रचण्डका भरौटेहरू जम्मै, अलिकति रमिते, ओलिलाई प्रचण्डले गाली गर्लान र लेखौंला भनेर जम्मा भएका धुपौरे पत्रकार सबै जोडदा १००० पनि मान्छे छैनन । जनता एक जना पनि छैनन । माओवादी सकियो अब । प्रचण्डका मोर्चा, पूर्व माओवादी एक हुँदै, सरकार ढल्न आँट्यो अब म लुटौला र खुवाउँला पछि लागिराख भन्ने जस्ता कुनै पनि नौटंकीले काम गर्नेवाला छैन अब । केही समय काँग्रेस एमाले मिलेर यी छडकछाप पार्टीलाई सिध्याईदिउँ । अनि दिल्लीतिरको यिनको दलाली सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *