माओवादीको चेतावनी- सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाएका छन्।

सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै यो सरकार कसैले बनाइदिएको भन्ने अध्यक्ष प्रचण्डको भनाइ पुष्टि भएको दाबी गरे। उनले यो सरकारले जनताको हितमा कुनै काम नगरेको बताए।

उनले ओली नेतृत्वको सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद भएको टिप्पणी गरे।

उनले भने, ‘झम्टिझम्टि प्रतिनिधिसभालाई विघटन गर्न खोज्नेले आज पनि पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको छ। पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ। लोकतन्त्रको भावना सरकारमा बसेका भन्दा हामीले बढी बुझेका छौं।’

उनले कम्पना नै नगरेको घटनाहरु आइरहेकाले सचेत भएर हिँड्नुपर्ने उनको भनाइ छ। उनले थपे, ‘हामीले गरेको यो खरबदारीले पुगेन भने देशव्यापी रुपमा जनपरिचालन गर्नेछौं। सरकारको रवैया हेरेर निकै सशक्त आन्दोलनको तयारीमा छौं।’

उनले सरकारले भ्रष्टाचारी र विचौलियालाई संरक्षण गर्न लागिपरेको आरोप लगाए।

Comments

One response to “माओवादीको चेतावनी- सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका एजेण्टहरूलाई अब दिल्लीतिरै खेदनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *