आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, आगामी स्वरूपबारे भाेलि जानकारी दिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ भने आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने जनाएकाे छ ।

आज केन्द्रीय कार्यालयमा अपरान्ह ४:३० बजे देखि बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि स्वरुपबारे छलफल गरिने झाले स्पष्ट पारे । आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’

सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरेको थियो । विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाइसकेको छन् । चर्काे आलोचनासँग सभापति लामिछानेको हिरासत बसाइँ लम्बिने भएपछि रास्वपाले आन्दोलनको स्वरूपबारे छलफल थालेको हो ।

Comments

2 responses to “आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, आगामी स्वरूपबारे भाेलि जानकारी दिइने”

  1. Nagendra Avatar
    Nagendra

    यी जान्ने हौ भन्ने हरुले जानेको बुझेको काम नै गरेका त होलान नि !! तर तिनीहरुले गरको काम देख्नेलाई चाहि लाज लागेको छ !! आज सम्म एकजना रविको नाममा अभियोग लाग्यो र अदालतमा पुगे : रास्वपा पुरै लागेर उत्पात गर्दै छन् : भोलि अनुमान गरी जस्तै धेरै कांग्रेस एमाले माओबादी राप्रपाका नेता पनि पक्राउ पर्ने छन् अनि ती पार्टीका सबै नेता कार्यकर्ता साम्सद तिनलाई छुटाउन सडकमा आउने हो ?? जान्ने हरुले सिकाएको यहि हो ?

  2. bipin Avatar
    bipin

    alpa buddi haru derai chan …jastai Nagandra …….think about Ravi side …think that you are Ravi …

Leave a Reply

Your email address will not be published. Required fields are marked *