प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका संशोधन, कस्तो व्यक्तिले पाउँदैनन् ?

काठमाडौं । सरकारले अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र निर्देशिका २०८० संशोधन गरेको छ । गृह मन्त्रालयका पहिलो संशोधन २०८१ मार्फत निर्देशिका संशोधन गरिएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ को दफा २५ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले निर्देशिका संशोधन गरेको मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए । उनका अनुसार निर्देशिका गत सोमबार रापपत्रमा प्रकाशित भइसकेको र सोहि दिनदेखि नै लागू भइसकेको छ ।

संशोधित निर्देशिका अनुसार एक वर्षभन्दा कम कैद सजाय हुन सक्ने कसूर सम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता भई शुरु तहको अदालत वा अर्धन्यायिक निकायमा विचाराधिन रहेकोलाई प्रहरी चारित्रक प्रमाणपत्र उपलब्ध गराइनेछ ।

तर, त्यस्तो मुद्दा दर्ता भई अदालत वा अर्धन्यायिक निकायबाट पक्रा पुर्जी जारी भई पक्राउ नगरेको प्रदिवादीको हकमा प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछैन ।

यस्तै कुनै फौजदारी अभियोगमा अदालत वा अर्थन्याधिक निकायबाट सजाय तोकिएकोमा त्यस्तो सजाय भुक्तान नगरेको व्यक्ति, एक वर्ष वा त्यस भन्दा बढी कैद सजाय हुन सक्ने कसूर सम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता भई शुरु तहको अदालत वा अर्धन्यायिक निकायमा त्यस्तो मुद्दा विचाराधिन रहेको व्यक्ति र कुनै फौजदारी अभियोगमा मुद्दा दर्ता भई सुरु तहको अदालत वा अर्धन्याययिक निकायमा त्यस्तो मुद्दा विचाराधिन रहेको विदेशी नागरिकलाई पनि प्रहरी चारित्रक प्रमाणपत्र उपलब्ध नगराईने व्यवस्था गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *