काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा बयान लम्बिएको छ । साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यक लम्ब्याइएको भन्दै रवि असन्तुष्ट बनेका छन् ।
सरकारी वकिलको कार्यालयमा दिउसो साढे दुई बजेबाट सुरु भएको बयान बेलुकी सात बजेसम्म सकिएको छैन । बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले विरोध जनाइरहेको स्रोतले बतायो ।
स्रोतका अनुसार आज जसरी पनि बयान सक्नुपर्ने अडानमा उनी छन् । उनले भनेका छन्, ‘आज बयान नसकेसम्म यो कुर्सीबाट उठ्दिन ।’
जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ । अझै थुनामा राख्नका लागि प्रहरीले भोलि रविलाई अदालतमा पेश गर्दैछ । अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ ।

Leave a Reply