नेपाल प्रेसको समाचारमा राष्ट्रपतिका सल्लाहकारको खण्डन- जीबी राईसँग ‘लिगल कन्सल्ट्यान्ट’को मात्र सम्बन्ध हो

काठमाडौं । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले जीबी राईको कोर टीममा आफू रहेको भन्ने नेपाल प्रेसको समाचारको खण्डन गर्दै सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कुँवरले अनुसन्धानमा रहेको विषयवस्तुलाई प्रतिकुल प्रभावमा पार्ने उद्देश्यले तथ्य र आधारबिना भ्रमणपूर्ण समाचार प्रकाशन गरेको आरोप लगाएका छन् । तर नेपाल प्रेसले उनी जीबी राईको कोर टीममा रहेका तथ्य र प्रमाणहरुसहित समाचार लेखेको थियो ।

उनले विज्ञपितमा कानून व्यवसायीले कुनै पनि संस्था वा कम्पनीमा कानूनी सल्लाहकारका रुपमा बहस पैरवी गर्ने संवैधानिक अधिकार रहेको भन्दै नेचर हर्ब्स प्रालि नामको कम्पनीमा कराबर बमोजिम डेढ वर्ष काम गरेको स्वीकारेका छन् ।

कुँवरले सो कम्पनीको कानुनी परामर्शदाताबाहेक अन्य प्रकरणमा संलग्नता नरहेको र प्रमाण भेटिए जस्तोसुकै छानविन र कारवाही भोग्न तयार रहेको बताएका छन् ।

Comments

One response to “नेपाल प्रेसको समाचारमा राष्ट्रपतिका सल्लाहकारको खण्डन- जीबी राईसँग ‘लिगल कन्सल्ट्यान्ट’को मात्र सम्बन्ध हो”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    लिगल कन्सल्ट्यान्ट = कानूनी सल्लाहकार , पैसा खाएर गलत सल्लाह दिएछन्, त्यसैले यिनको लाइसेन्स खारेज गर्नूपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *