अमेरिकाले अघि सारेको धार्मिक नीतिको विप्लव नेतृत्वको नेकपाले गर्‍यो विरोध

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्धको विरोध गरेको छ।

नेकपाको अन्तर्राष्ट्रिय विभागका सदस्य खगेश्वर सीले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्म राजनीति हो ।’

अमेरिकी यो कदम भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी भएको उल्लेख गरेको छ।

अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रीतिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिने उल्लेख गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *