काठमाडौं । जनमत पार्टीले नेता कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ । आइतबार मध्य बानेश्वरमा केन्द्रीय सम्पर्क कार्यालयमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।
पार्टीले राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिएको यादवले जानकारी दिए ।
त्यस्तै, २०८१ मंसीरमा हुने स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

Leave a Reply