जनार्दनलाई लिएर चितवन पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। उपमहासचिव जनार्दन शर्मालाई लिएर चितवनमा आयोजित कार्यक्रममा सहभागी हुने गएका हुन्।

वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई प्रचण्डसहित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपमहासचिव शर्मा लगायत नेताहरु सम्बोधन गर्ने तय भएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले स्वागत गरेका छन्।

Comments

One response to “जनार्दनलाई लिएर चितवन पुगे प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    नाटक सबै प्रचण्डका । एक नम्बरको चटके रहेछ यो मान्छे त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *