घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दैगर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साँध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।

त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै गर्दा उनले भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पुर्‍याउने छु ।’

कार्यकर्ताको भिडबाट प्रहरीले रविलाई लगेको थियो । कार्यकर्ताले रविको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारावाजी भयो ।

तस्बिरहरू : उमेश कार्की । 

Comments

3 responses to “घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)”

  1. एच के मोक्तान Avatar
    एच के मोक्तान

    यो कुकुर दलाल माफियाहरुले जसरी हुन्छ रबिलाई फसाएरै छोड्ने ठूलो षडयन्त्र गरेको हो । तर यही सुर्य थापाको बयानले रबि निर्दोष छ भन्ने अनि लाजसरम पचेर यति सम्म तल झरेर गिरेर बोल्नु भनेको आफै ३ करोड नेपालीको आँखबाट सधैको लागि पतन हुनु हो । रबिलाई समातेर जेलमा लाउछ भने यीनिहरुको काल आयो भनेर बुजे हुन्छ । खवरदार भ्रष्टाचारीहरु ! अनि यो गद्धार सुर्य हेक्का रहोस् यसलाई भाटे कार्यक्रम सुरु हुन्छ । जय घण्टी जय रबि 🔔🔔🔔💪🏼💪🏼💪🏼

  2. RK Avatar
    RK

    फूलमाला चाही गरेनछन् ती कार्जे कर्ताहरले ?

  3. bipin Avatar
    bipin

    nepal ma kati jole haru chan ..like this .. RK a comment master…..congress ,yemale ra maobadi ka …sabi yeha ravi ko against ma ….choor haru lootna ajai pugeko chaina ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *