ठक्कर दिएर घाइते बनाएका व्यक्तिलाई अस्पताल पुर्‍याएपछि भागेका कार चालक पक्राउ

काठमाडौं। चार दिनअघि काठमाडौंको तीनकुने गैह्रिगाउँमा ठक्कर दिएर घाइते बनाएका व्यक्तिलाई अस्पताल पुर्‍याइदिएपछि फरार रहेका कार चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको विराटनगरका ४० वर्षीय नीरज विष्ट रहेका छन्।

उनले चलाएको बा ३ च ९४४ नम्बरको टोयोटा कारले असोज २६ गते साँझ ५१ वर्षीय विनोद महरालाई ठक्कर दिएको थियो।

विष्ट आफैले महरालाई केएमसी अस्पताल पुर्‍याएका थिए। तर उपचारका क्रममा महराको मृत्यु भएपछि प्रहरीले विष्टको खोजी गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *