गौशाला धर्मशालाको मोहीयानीबारे भूमिसुधारको पत्र ल्याउन मारवाडीलाई पशुपति विकास कोषको चुनौती (भिडिओ)

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले मारवाडी सेवा समितिसँग करार रद्द गर्ने निर्णयविरुद्ध परेको मुद्धामाथि अदालतले नै कोषको पक्षमा फैसला गरेकाले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको हो ।

अदालतको फैसलापछि धर्मशाला संचालन व्यवस्थापनको नीति बनाई सञ्चालनका लागि काठमाडौं महानगरसँग सहमति भएको कोषले जनाएको छ । धर्मशालाको व्यवस्थापन महानगर र सञ्चालन कोषले गर्ने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।

पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले विधि, कानुन बमोजिम नै सञ्चालन हुने थापाले बताए ।

उनले स्थानीय सरकार भएकाले धर्मशाला व्यस्थापनका लागि काठमाडौं महानगरसंग सहकार्य गरेको जिकिर गरे । पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानुनी प्रावधान अनुसार नै अगाडि बढिरहेको र आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार रीत पुयाई अगाडि बढ्ने ब्यहोरा जानकारी उनाको भनाइ छ ।

गौशाला धर्मशालाको मोहीका सम्बन्धमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ मा गाइगोड र धर्मशाला भनेर नापी भएको कोषले जनाएको छ । कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने कोषले स्पष्ट पारेको छ ।

कोषले आफु मोही हो भने भूमिसुधारको पत्र ल्याउन पनि मारवाडी सेवा समितिलाई चूनौति दिएको छ । २०५८ मा गौशाला धर्मशाला शब्द मिलाएर मिल्दोजुल्दोहुने गरि जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामक संस्था दर्ता गरिएको देखिएको कोषले जिकिर गरेको छ ।

 

Comments

One response to “गौशाला धर्मशालाको मोहीयानीबारे भूमिसुधारको पत्र ल्याउन मारवाडीलाई पशुपति विकास कोषको चुनौती (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रमाण केहि छैन यिनको ।दिल्लीको आडमा दादागिरी देखाउँदैछन् यिनले । पुलिस लगाएर हटाउ । नत्र जनताले कारवाही गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *