कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।

भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए।

Comments

6 responses to “कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ)”

  1. Laleek Avatar
    Laleek

    कमरेड लाल सलाम, पार्टीका सवै संगठित कमरेडहरू तथा शुभेच्छुक, समर्थकहरूबाट घटिमा पाँच, दश हजार देखि गच्छे अनुसार सहयोग गराैँ, सहयोगको लागि पार्टी आह्वान ह‍ोस्, लाल सलाम !

  2. ईरानराई, बेलबारी, मोरङ Avatar
    ईरानराई, बेलबारी, मोरङ

    व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले समाजसेवाको निरन्तरताका रूपमा १० रोपनी १४ आना क्षेत्रफल एमालेजस्तो जिम्मेवारी राजनैतिक दललाई खुलेरै दिनु राम्रो हो । नेता कमरेडहरूले पनि एउटा व्यापारीले नाफाबाट दिएको ता हो नि भनेर सामान्य रूपमा लिने होइन, गम्भीर रूपमा ग्रहण गरी जथाभावी नबोली देश र जनताका लागि इमानदारीसाथ सुकार्य गरौँ/गराअौँ । जग्गादाता गुरुङ दम्पतीलाई धन्यवाद !

  3. bipin Avatar
    bipin

    kun sauda ma baypari saga Jagga lego ho …..khulleaam aba….kasto dada giri ho

  4. श्रीकृष्ण भुसाल Avatar
    श्रीकृष्ण भुसाल

    साढे ५ लाख पार्टी कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्नुभएकोमा कमरेड विन्दा पाण्डेलाई धेरै-धेरै धन्यवाद!

  5. गौरव Avatar
    गौरव

    अहिले अदालतमा बालुवाटार जग्गाको मुद्दा पेन्डिङ छ| एमाले सत्तामा छन| यसबाट हामीले के बुझ्ने? सुहाएन है, सुहाएन|
    मीनबहादुर ब्यापारी हुन मुनाफा कमाउने मुल उदेश्य छन| मनकारी छन, प्रकोप पर्दा करोड दान दिनुहुन्छ| अघिल्लो पंक्तिमा रहेर सघाउनुहुन्छ| हार्दिक नमन| तर मीनबहादुरजी यो हदसम्म गिरेको चै सुहाएन है, सुहाएन| यस्तो कर्मले एमालेलाई त केही फरक पर्दैन, भब्य भवन खडा हुन्छ, तर मीनबहादुरजीलाई चै जिन्दगीभरी सताउने छ, यो लेखेर राख्नुहोला| यसलाई कालो धब्बा नै ठाने हुन्छ| एउटा स्कुल, बृद्घाश्रम, अस्पातल, युनिवर्सिटी, कारखाना, सीप तालिम केन्द्र आदि खोल्नलाई दिईेएको भए सांचो दान हुन्थ्यो, नाम रहन्थो, तर अहिले दान शब्दकै अपमान भएको छ|

  6. ksp pyl Avatar
    ksp pyl

    अनलाईन खबर र गैर एमालेले यो विषय बढी उठाएको देखियो । कुरा उठाउने न कहिल्यै एमाले थिए न एमाले हुनेछन् । यी त एमाले विरोधी दलालहरूको झुण्ड हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *