जनमतका सचिव बीपी साहसहित ७ नेताको निलम्बन फुकुवा

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहसहित सातजनाको निलम्बन फुकुवा गरेको छ । असार २० गते पार्टी केन्द्रीय अनुशासन समितिले तीन महिनालाई निलम्बन गरिएका नेताहरूको कारवाही फुकुवा गरेको हो ।

निलम्बनमा परेका नेताहरूको अनुशासनमा सुधार देखिएकाले सोमबारदेखि ७ जनाको निलम्बन फुकुवा गरेको उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपक कुमार साहले बताए ।

निलम्बन फुकुवा हुनेहरूमा सचिव बीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *