सरिताको मृत्युपछि विचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण

कैलाली । असोज १७ गते सुत्केरी अवस्थामा ज्यान गुमाएकी अछामको ढकारी गाउँपालिका वडा नं. ८ की सरिता जैशीको परिवारका ललितपुर जिल्लाका समाजसेवी मुक्ति शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल प्रेसमा समाचार प्रसारण भएपछि शर्माले सुदूरपश्चिम प्रदेश संयोजक भानुभक्त आचार्यमार्फत १ लाख रुपैयाँ सहयोग गरेका हुन् । आचार्यले अछामका पत्रकार टेक थापामार्फत उक्त रकम जैशीको परिवारमा पुराएका छन् ।

आज वडा नं. ६ र ८ का वडाध्यक्षहरुले उक्त रकम हस्तान्तरण गरिएको हो । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले उपलब्ध गराएका ५ हजार रुपैयाँ पनि वडाध्यक्षले परिवारलाई हस्तान्तरण गरेका हुन् ।

एक साताको शिशु र अन्य तीन जनाको विचल्ली भएको समाचारपछि स्वदेश तथा विदेश सहयोग रकम उपलब्ध भइरहेको छ। अहिले दैनिक रुपमा मृतक सरिताकी छोरी मनीषा जैशीको खातमा एक लाख राहत रकम जम्मा हुने गरेको ढकारीमा रहेको सिटिजन बैङ्कले जनाएको छ ।

सोमबार दिउँसोसम्म यो खातामा ६ लाख १० हजार २९५ रुपैयाँ जम्मा भइसकेको छ भने थप एक लाख १५ हजार नगद प्रभावितलाई हस्तान्तरण गरिएको सरिताका जेठाजु रतन प्रसाद जैशीले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस्:

चितामा जलिरहिन् सरिता, नजलाउनु भन्दै रोइरहे लक्ष्मण र युवराज

आमाको मृत्युपछि भोकले रोइरहन्छ तीन दिने शिशु, अन्य तीन जनाको पनि बिचल्ली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *