चाडपर्वमा ‘आईएमई पे’ को यस्ताे छ अफरै अफर

काठमाडौं । ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार-२०८१’ योजना  सार्वजनिक गरेको छ ।

१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहीहरूले आईएमई पे मार्फत गर्ने  कारोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् ।

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा  आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् ।

साथै सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् ।

डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ ।

पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक संजाल मार्फत हुनेछ। दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछ।

पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यत आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने हुनेछ । यस अभियान सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुने जनाइएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *