सरकारलाई ज्ञानेन्द्रको प्रस्ताव- जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थामा देश नबन्ने दाबी गरेका छन्। अन्तर्राष्ट्रियस्तरीय हस्तकला प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जानुपर्ने बताए।

उनले भने, यही व्यवस्थाले देश बन्ने भए ३३ बर्षमा बनिसक्थ्यो। के फरक थियो ? आज राष्ट्रपतिको ठाउँमा हिजो राजा थिए त्यति फरक होइन। ०५६ सालमा जसरी नै हामीले भोट हाल्छौं होइन ? पहिला गाविस हुन्थ्यो अहिले गाउँपालिका फरक त्यही होइनरु नाम मात्रै परिवर्तन भयो।’

उनले जनप्रतिनिधि र सरकारी कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *