उमेर हद विवादले अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।

काठमाडौंमा जारी २३ औं सम्मेलनमा उमेर हद, विधान र प्रतिवेदन पारितलगायतका विषयमा विवाद सिर्जना भएपछि सम्मेलन नै स्थगित गरिएको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।

अध्यक्ष मण्डलले दशैंको सम्मुखमा सम्पूर्ण कार्यहरु सकेर निर्वाचनका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन स्थगित गर्न उचित र श्रेयष्कर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।

सम्मेलन सुरु भइसकेपछि उमेर हदको विषय उठेपछि सम्मेलनमै विवाद, झडप निरन्तर भइरहेका थिए ।

Comments

One response to “उमेर हद विवादले अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित”

  1. ksp pyl Avatar
    ksp pyl

    राम्रो । यी दलालका पुच्छरहरू यसरी नै सकिदै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *