आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने भएका छन्।

शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ गर्न लागेका हुन्।

आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन्।

उनले भनेका छन्, ‘सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु। साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’

लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *