सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक अघि बढाउन ज्ञापन पत्र

धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले माग गरेको छ ।

सङ्घर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधिसभाबाट पास गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

संघीय मन्त्रिपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो।

गेटामा शिक्षा मन्त्रालयले झन्डै ६ अर्बका भौतिक संरचनाहरू निर्माण गरेको छ। तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा थन्केर बसेको विधेयक यथाशक्य पास गराउन भन्दै विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले मङ्गलवार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापतिलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०, सह–संयोजक आनन्दप्रसाद भट्टसहितको टोलीले सभापति थापालाई ज्ञापन पत्र बुझाएको हो।

सभापति थापाले तत्काल बैठक राखेर विधेयक अगाडी बढाउने बताएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले बताए।

साथै बुधवार स्वास्थ्य मन्त्री, शिक्षा, सभामुख र प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सङ्घर्ष समितिले बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *