करिब आधा किलो सुनसहित हेटौंडाबाट एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले करिब आधा किलो सुन सहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–१५ बाट सुन सहित एकजना पक्राउ गरेको हो ।

प्रहरिले हेटौंडाको रातोमाटे चेकपोष्टमा बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा सवार भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफको साथ बाट उक्त सुन बरामद गरेको हो । सराफको साथबाट ४९० ग्राम ८८० मिलिग्राम सुन फेला परेको प्रहरीको भनाई छ ।

उक्त सुन आजको भाउ अनुसार ६७ लाख ३४ हजार ,५ सय ४४ रुपैयाँ हुने प्रहरीको भनाई छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *