भिसा सकिएर गैरकानूनी रुपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । भिसा अवधि सकिएर ग्रैहकानूनी रुपमा बसिरहेका बंगलादेशी नागरिकहरु पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिसा सकिएर गैरकानुनी रुपमा नेपालमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  मोकलेस अमिरुल, इल्सलाम रोविन, मासुद सिकारी, मुसा दाली, एमडी मुसरुफ हुसेन, सोजिव मिहा, एमडी अल अमिन, एमडी अनुहार हुसेन, सलमान मिहाँ सलहे अहमद रुजेनज, एमडी अबु सलेह, एमडी नुस अलोम, एमडी मनोर हुसेन एमडी हाजिफ उडिन र कमरुल हसान रहेका छन् ।

उनीहरु विभिन्न मितिमा नेपाल प्रवेश गरी ग्रैहकानूनी ढंगले बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको सुचना अधिकारी काजी कुमार आचार्यले बताए ।

उनीहरुलाई कार्यालयको विशेष टोलीले सोमबार । ठमेल तथा सोह्रखुट्टे एरियाबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनका अनुसार उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाडौंमा पठाइएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *