राहत र पुनःस्थापनाको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । सरकारलाई सम्भव भएका सबै उपाय अपनाएर राहत र पुनःस्थापनाको काम तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिले निर्देशन दिँदै भनेको छ, ‘हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्न भएका सडक तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ ।’

समितिले विभिन्न जिल्लाका अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुऱ्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

वर्षाका कारण नष्ट भएका सिंचाइ कुलो, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेको औषधोपचारलाई सहज बनाउन सरकारलाई निर्देशन दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *