काठमाडौं । पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू होल्ड भएका छन् ।
काठमाडौंको कलंकीमा मालवाहक सवारीहरू रोकिएका छन् । कलंकी बल्खुमा ट्रकहरू होल्ड भएपछि जाम बढेको छ ।
सिन्धुली हुँदै काठमाडौं बाहिरिने यात्रुवाहक सवारी अहिले माता तीर्थबाट गइरहेका छन् ।
यता, धादिङको गजुरीमा पहिरो गएपछि नागढंगाबाट बाहिरिने सवारी पनि जान सकेका छैनन् ।


Leave a Reply