काठमाडौं । अविरल परेको वर्षाका कारण खोलानाला, सडकमा बढेको जलसतहबाट पानी पसेर मिसिलहरु भिजेको, फाँट र इजलासभित्र पानी तथा हिलो रहकाले काठमाडौं जिल्ला अदालतका पाँच वटा इजलास र चार वटा मुद्दा फाँटका सेवा स्थगित गरिएको छ ।
अदालतले सूचना जारी गर्दै शुक्रबारदेखिको वर्षाका कारण अदालतको इजलास नं. २६, २७, २८, २९ र ३० तथा मुद्दा फाँट २६, २७, २८ र २९ मा पानी पसेको र मिसिल भिजेको र हिलै भएको अवस्थामा सेवा प्रवाह गर्न नसिएको उल्लेख गरेको छ ।
जसका कारण आइतबार उक्त इजलास र फाँटहरुबाट प्रवाह हुने सेवाहरु स्थगित गरिएको अदालतले जनाएको छ ।
यस्तो छ सूचना


Leave a Reply