झ्याप्ले खोलामा थप तीन शव भेटिए

काठमाडौं । धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।

अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ ।

सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *