अमेरिकाबाट प्रधानमन्त्रीले भने- भोलिबाट वर्षा रोकिन्छ, कार्यक्रम सकेर फर्किने तयारी गर्दैछु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी कार्य क्षेत्रमा खटिरहेको जानकारी दिएका छन्।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्रीले विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको भन्दै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गरौँ। वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो। सोही योजना अनुसार सरकारले देशैभर हजारौँ उद्धारकर्मी तैनाथ गरेको छ।’

मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने बताएको जनाएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको भन्दै विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल गरेका छन्।

Comments

4 responses to “अमेरिकाबाट प्रधानमन्त्रीले भने- भोलिबाट वर्षा रोकिन्छ, कार्यक्रम सकेर फर्किने तयारी गर्दैछु”

  1. Bipin Avatar
    Bipin

    Buddhi varastaha PM of nepal….rather than any other saying he should be in nepal right now???

  2. ksp pyl Avatar
    ksp pyl

    शीर्षक पढेर धारणा बनाउने नेपालीलाई दलाल पत्रकारले अलिअलि दिमाग भुटन सक्छन् । सबै पढदैनन ।

    1. RA Avatar
      RA

      He must back to Nepal asap , regardless

      1. manaia thompson Avatar
        manaia thompson

        @Ksp Pyl you are Tail of KP dog

Leave a Reply

Your email address will not be published. Required fields are marked *