काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे बगाएको छ ।
काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।
बाढीका कारण त्यस क्षेत्रको सडकमा आवतजावतमा अवरोध सिर्जना भएको छ भने आसपासका घरहरु डुबानमा परेका छन् ।

Leave a Reply