काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज पनि प्रदर्शन गरिएको छ ।
खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्डपीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, गैरन्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर लगायतका प्लेकार्ड बोकेका थिए । संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।
विरोध प्रदर्शनमा सुमन सायमी पनि उपस्थित थिए ।
मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरवलोकन निवेदन दिएको छ ।


Leave a Reply