स्नातक र स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई ३ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय गर्न माग

काठमाडौं । त्रिवि सुधारका लागि संघर्षरत विद्यार्थीहरूले स्नातक र स्नातकोत्तर उत्तीर्ण भइसकेका विद्यार्थीहरूलाई ट्रान्सक्रिप्ट नदिएकोप्रति विरोध जनाएका छन्।

विद्यार्थीहरूले चार वर्ष लगाएर स्नातक पास गरिसकेपछि विद्यार्थीहरूलाई नियम अनुसार ट्रान्सक्रिप्ट दिन माग संघर्षरत विद्यार्थीले माग गरेका हुन्।

आजसम्म एकै वर्षमा २ वर्षको परीक्षाका कारण ट्रान्सक्रिप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरूको ३ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने, नियम विपरीत रहेर विद्यार्थीको भलो गराउने क्याम्पस र परीक्षा दिलाउने प।नि।का। का सम्बन्धित पक्षहरूलाई कानून अनुसार कारबाही गरिनुपर्नेसहित ४ बुँदे माग अघि सारेको छ।

३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिपूर्तिको जिम्मेवार त्रि.वि. स्वयं हुनुपर्ने चेतावनी दिएको छ। पास गरेका विद्यार्थीलाई ट्रान्सक्रिप्टबाट वञ्चित गर्न मिल्दैन अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितिका अध्यक्ष प्रदीप भण्डारी (आदर्श)ले बताए।

उनले भने, ‘लापरबाहीको हद हुन्छ नि ! पास गरेका विद्यार्थीलाई ट्रान्सक्रिप्टबाट वञ्चित गर्न मिल्दैन। विद्यार्थीको मागमा अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितिको तर्फबाट ऐक्यबद्धता जनाउँछौँ। जब सम्म विद्यार्थीको माग पूरा हुँदैन तब सम्म हामी धर्नामा रहन्छौ। तत्काल विद्यार्थीको माग पूरा होस्।’

माग पूरा नभए अखिल क्रान्तिकारी क्याम्पस जिल्लाले पनि आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *