गोली प्रहार गरी श्रीमतीको हत्या, विदेशबाट आएपछि भएको थियो विवाद

बरहथवा । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।

उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

Comments

One response to “गोली प्रहार गरी श्रीमतीको हत्या, विदेशबाट आएपछि भएको थियो विवाद”

  1. THAPALIYA DINESH KUMAR Avatar
    THAPALIYA DINESH KUMAR

    समाचारको शीर्षकमा “चित्रलेखा यादवको गोली हानी हत्या” भनेको भए त यो समाचारले सनसनी नै मच्चाऊने रहेछ त होऊ । धन्न पत्रकारिताको मर्म बुझेको ब्यवसायिक समूहबाट संचालित वेवसाईट भएर सन्तुलन चाँही रहेछ है, मात्र सूचनामूलक/जानकारीमूलक समाचार सामग्री मात्रै बनाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *