काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा झरेको छ । ३०९ वटा कम्पनीको मंगलबार शेयर खरिद बिक्री भएको छ ।
आज १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिद बिक्री भएको हो । ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार घटेको दिन पनि कारोबारमा स्वरोजगार लघुवित्त वित्तीय संस्था ८.८१ र सुपर साङ्गे हाईड्रोपावरको ७.८३ प्रतिशत गरी १० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।

Leave a Reply