मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको छ ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रीस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका छिरिङसँग भण्डारीको भेट भएको हो ।

सो अवसरमा मन्त्री भण्डारीले नेपाल-भुटानबीच गहिरो सामाजिक-सांस्कृतिक सम्बन्ध रहेको र जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए ।

भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले छिरिङलाई बधाई दिए ।

‘भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्त्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको संघीय संसदले नेपाल-भुटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ’, भण्डारीले भने ।

भुटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औंल्याए । धार्मिक रूपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा उनको जोड थियो । दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्यका कुरा भएको थियो ।

Comments

One response to “मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट”

  1. manaia thompson Avatar
    manaia thompson

    अब यो व्यक्तिले भुटानसँग श्रम सम्झौता गरेर नेपाली पठाउन थाल्नेछ । त्यसपछि यी मानिसहरूले भन्न थाल्नेछन् कि नेपालले नेपाली कल्याणमा फड्को मारेको छ। ओहो मेरो भगवान.

Leave a Reply

Your email address will not be published. Required fields are marked *