४३ उपसचिवको सरुवा तथा पदस्थापन, पाँच उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मन्त्रालयकै अतिरिक्त समूहमा रहेका उपसचिवलाई पदस्थापन गरेको हो । त्यस्तै केही उपसचिवलाई सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार ५ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ, जसमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका भविश्वर घिमिरेलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका, चेतराज बराललाई स्याङजाको चापाकोट नगरपालिका, मनिता श्रेष्ठलाई सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, छविलाल नेपालीलाई अछामको कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव गंगाधर पौडेललाई बागलुङको गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *