दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत ल्याइयो

काठमाडौं। साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत ल्याइएको छ।

प्रहरीको साइबर ब्युरोले प्रसाई‌लाई पक्राउ गरेलगत्तै हिरासतमा राखेर अनुसन्धान गर्ने प्रयोजनका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याएको हो।

अदालतमा बहसपछि न्यायधीशले म्याद दिने नदिने आदेश गर्नेछन्। प्रहरीले प्रसाईलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *