राष्ट्रिय जनमोर्चाद्वारा संघीयताविरूद्ध काठमाडौं केन्द्रित आन्दोलन घोषणा

रूपन्देही । संघीयताविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ।

बुटवलमा सम्पन्न राजमोको राष्ट्रिय परिषद बैठकले सप्ताहब्यापी काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिए ।

जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत २४ गते काठमाडौंमा संघीयता खारेजीको आन्दोलन सुरु हुने महासचिव भट्टले बताए ।
सो आन्दोलन चैत ३० सम्म सञ्चालन हुने छ ।

राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गरेर प्रदेशका मन्त्री, सांसद पाल्नुपरेको, जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता तथा अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको निष्कर्षसहित संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको हो।

संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियतासहितको एकात्मक राज्य हुनुपर्ने धारणा अघि सारेको छ । राजमोले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *