विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।

आज दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताए ।

’नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन्’, पोखरेलले भने, ’विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।’

विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति विषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए ।

एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताए ।

 

Comments

One response to “विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन”

  1. bharat kumar thapa Avatar

    जहाँ पनि नातागोता र आफ्नो अनि नेताका छोराछोरी विदेश हो भने उनले नेतृत्व छोड्नुपर्छ किन आफ्नालाई यहाँ राख्न नसक्नेले अरू माथि राजगर्न पाइदैन उनलेे कसका लागि राजनीति गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *