काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसकी उषा भण्डारी बनेकी छन् । उत्कृष्ट आउट साइड हिटर उषा, उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिब्रो पुलिसकै शान्ति कला तामाङ चुनिए ।
माल्दिभ्सको मालेमा गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

Leave a Reply